नियम १३
अनुसन्धान अधिकृतको हेरफेर
(१) आयोगले कुनै विषयमा अनुसन्धान तहकिकात गर्न तोकेको अनुसन्धान अधिकृतले आफूलाई तोकिएको काम कुनै कारणवस सम्पन्न गर्न नसकेमा, नभ्याएमा बा निजबाट सो काम सम्पन्न हुन नसक्ने भएमा वा निजको स्वार्थ बाझिने भएमा आयोगले अर्को अनुसन्धान अधिकृत तोकी पुनः अनुसन्धान तहकिकात गराउन वा अनुसन्धान अधिकृत थपघट गरी साबिकको अनुसन्धान अधिकृतले सम्पन्न गर्न बाँकी रहेको कार्य सम्पन्न गराउन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम अनुसन्धान अधिकृत हेरफेर भएमा साविकको अनुसन्धान अधिकृतले आफूले गरेको कामको प्रगति विवरण सम्बन्धित फाईलमा राखी सचिव संमक्ष पेश गर्नु पर्नेछ ।